‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’-गृहमन्त्री गुरुङ 

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए । “अन्तर(निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भने ।

लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताए ।