विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति सुनिश्चित गरेसँगै महाधिवेशनका होमवर्क तीव्र भएका छन् । 

सभापति शेरबहादुर देउवा प्रदेश–प्रदेशका केन्द्रीय सदस्यसँग बैठक गरेर आफूलाई जित्ने आधार तयार पारिदिन आग्रह गरिरहेका छन् । 

उनकै टिमका बिवमलेन्द्र निधिले देउवालाई आफू अघि बढिसकेको भन्दै १३ औँ महाधिवेशन अघिको समझदारीअनुसार सहयोग गर्न आग्रह गरिसकेका छन् । 

देउवाले थप एक पटकका लागि सहयोग गर्न आग्रह गरे पनि निधिले आफू अघि बढिसकेको भन्दै नेविसंघको राजनीतिदेखि अहिलेसम्मको सहकार्यका कारण आफूलाई सहयोग माग्ने हक भएको बताउँदै आएका छन् । 

यसक्रममा देउवाले सभापति लड्ने अधिकार रहेको भन्दै आफू पनि लड्ने जानकारी दिँदै निधिलाई सभापतिमा चुनाव लड्न चुनौती दिएका छन् । 

त्यसलगत्तै निधिले महाधिवेशन केन्द्रित भेटघाट सुरु गरेका छन् । 

आइतबार केन्द्रीय सदस्यहरुसँग भेटघाट गरेका निधिले आज कांग्रेस महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘लञ्च मिटिङ’मा डाँकेका छन् । मध्याह्न१२ बजे सुरु भएको तीन नेताको ‘लञ्च मिटिङ’ अहिले पनि जारी छ ।

निधिले सभापतिको प्रत्यासीहरुबीच सहमति वा समझदारी निर्माण गर्न प्रत्यासरीहरुसँग छलफल थाल्ने बताइसकेका छन् । 

उनले आफू सर्वसम्मत नेतृत्व चयन हुने अवस्थाबाहेक सभापति पदको उमेदवारीबाट पछि नहट्ने बताएका छन् ।

उनले बीपी पुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई पहिलोपटक लञ्चमा डाकेर केही नयाँ सन्देश दिने प्रयत्न गरेका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा भेटिए ३३६५ नयाँ संक्रमित

कमेडी च्याम्पियन-२ जित्लान् त भरतमणिले ?

भुक्तानी नपाए आन्दोलन गर्ने गर्ने घोषणा