अस्ट्रेलियन हार्बर कलेजले कोबिड-१९ मा नेपालमा २ लाख सहयोग गर्दै

सिडनी । अअस्ट्रेलियन हार्बर कलेजले अहिलेको स्वास्थ्य सामाग्री संकटका लागि विभिन्न संस्था मार्फत पहिलो चरणमा २ लाख बराबरको सहयोग गर्दै ।

झापा जन्म स्थान भएका नेपाली मुलका अस्ट्रेलियन ब्यवसायी मातृका बिमोली र सुमन भेटवाल सन्चालित सिड्नीमा अवस्थित नेपाली बिधार्थीहरुले अत्याधिक रुचाएको हार्बर कलेजमा अहिले पनि १०००+ अध्य्ययन गर्दै छन ।

इक्यान केन्द्र मार्फत झापा इक्यानको समन्वयमा भइरहेको ओक्सिजन बैंक स्थापनाका लागि १,००,००० रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको कलेजका बजार व्यस्थापक मुकेश धमलाले जानकारी गराए ।

अन्य परामर्श व्यवसायीहरु सँग पनि छलफल गर्दै अन्य थप सहयोग प्रदान गरिने कलेजका प्रीन्सिपल मातृका बिमोलीले बताए ।

झापामा कोभिडको दोश्रो लहरले धेरै आक्रान्त पारेको र त्यहाँ रहेको शाखा कार्यालयले अक्सिजन बैंक स्थापना गर्न समन्वय गरिरहेकोले हार्बर कलेजले गर्ने संस्था मार्फत सहयोग त्यहाँ गर्दा उचित भएको इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराईले बताउनु भयो ।

बारम्बार नेपाली समाज र समुदायमा सहयोग पर्दा सुमन र मातृकाजिको निस्वार्थ भावना देख्दा आफुलाइ खुसी लागेको र पुन्य कार्य गर्दा सधै साथ रहिरहने बताउनु भयो । करिब २५ बर्ष अगाडि अस्ट्रेलिया पुगेका सुमन भेटवाल त्यही वकालत पेशा पनि गर्दै आउनु भएको छ।

बिमोली र भेटवालकै लगानीमा भर्खरे अस्ट्रेलियाको उच्च शिक्षा हेर्ने विभाग TEQSA ले स्नातक अध्ययन गराउन “NAPS” कलेजलाइ पनि स्वीकृती प्रदान गरिसकेको छ ।

भुकम्प बाढी पहिरो तथा जेहेन्दार बाल बालिकालागि सधै सहयोगी मनका धनी बनेका भेटवालले यो संकटमा हामी सबैले साथ सहयोग गर्नु पर्ने बताए र अझै सहयोग गर्दै जाने प्रतिबद्धता गर्नुभयो।

Like Share on Social media
  •  
  •  
  •  
  •