सुनको भाउ ९०० घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँमा निर्धारण गरिएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •