सतबिज (बालाचतुर्दशी) छर्ने दिन आज

काठमाडौं । बालाचतुर्दशी अथवा सतबिज छर्ने दिन आज विहान पशुपति क्षेत्रमा आफ्नो दिवङगत भएको परिवारका सदस्यको नाममा सतबिज छरिएको छ ।

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकी देखि मनाइँन्छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् ।

आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

यो वर्ष कोरोना संक्रमणको जोखिमका कारण पशुपति क्षेत्रमा सतबिज छर्न आउनेको संख्या निकै न्यून थियो ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

पशुपतिमा भिड हुने भयले यो वर्ष अन्य शिवालयमाहरुमा पनि सतबिज छर्न भक्तजनहरु पुगेका थिए ।

 वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

मिस नेवा फागुन ७ गते हुने

आज भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौंसहित तराईका जिल्लामा कुहिरो