संसद् विघटनविरुद्धको रिटमा दोस्रो पटक सुनुवाई सुरु

काठमाडौं ।सर्वोच्चले दोस्रो पटक संसद् विघटनविरुद्ध परेका रिटमा सुनुवाई गर्दैछ ।

सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार उक्त रिटमाथि सुनुवाई हुँदैछ ।

रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा समेटेका छन् ।

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दायर भएका छन् ।

ती सबै रिटको छिनोफानो संवैधानिक इजलासले गर्दैछ ।

राष्ट्रिय राजनीतिमा हलचल ल्याएको संसद् विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चको फैसला निर्णायक हुनेछ ।

तर, संसद् विघटनको महत्वपूर्ण रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश जवराले आफूअनुकुलका न्यायाधीशलाई इजलासमा समेटेका छन् ।

उनले रोलक्रममा रहेका दीपककुमार कार्की र मिरा खड्कालाई नियमित इजलासमा पठाएर आफू पक्षधर न्यायाधीशलाई संवैधानिक इजलासमा समेटेका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

पुलिसको लगातार दोस्रो जित