प्रचण्ड–नेपाल समूहले आफ्नो महासचिव चुन्दै, सुरेन्द्र पाण्डे बन्ने सम्भावना

काठमाडौं । राजनितिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षको महासचिव चुन्दै छन् ।
आज बिहानै देखि नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु महासचिव कसलाई बनाउने भन्ने बारेमा छलफलमा जुटेका थिए ।
उक्त बैठकमा प्रचण्ड–नेपाल समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सम्भावना दखिएको बताईएको छ।
नेकपाको प्रचण्ड–समूहमा भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, हरिबोल गजुरेल,वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरुमध्ये को महासचिव बन्ने भन्ने पक्का भएको छैन् ।
बिहान सिनामंगलमा बसेको बैठक अहिले भने पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
बैठकबाट महासचिव चुनिएपछि केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव राखिनेछ ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आजै बबरमहलमा बस्दै छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्