ओली समूह छाडेर प्रचण्ड समूहमा नेकपा सांसद

काठमाडौं । नेकपाका सांसद शेरबहादुर तामाङ ओली समूह छाडेर प्रचण्ड समूहतर्फ लागेका छन् ।
नेकपाको ओली समूहको सोमबार र मंगलबारको बैठकमा तामाङ राजनीतिक रुपले सहभागी भएका थिए ।
तर, बिहीबार भने तामाङ पुनः प्रचण्ड समूहतर्फ फर्किएका छन् ।
आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुट हेरफेर गरिरहेका छन् ।
यसैबिच आफ्नो हस्ताक्षरलाई प्रचण्ड समूहले अविश्वासको प्रस्तावमा दुरुपयोग गरेको समेत बताएका तामाङले भने अहिले आफूलाई प्रचण्ड समूहकै कुरा चित्त बुझेकाले उक्त समूहतर्फ फर्किएको बताएका छन् ।
तामाङकी श्रीमती उषाकला राईले पनि ओली पक्षको निर्णयबाट आफूलाई केन्द्रीय कमिटी सदस्यमा राखिएको कुरालाई अस्वीकार गरेकी थिईन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्