अनेरास्ववियूले प्रतिनिधिसभा विघटविरूद्ध मसाल जुलुसहितका कार्यक्रम गर्ने

काठमाडौं । सत्तारूढ नेकपाकै विद्यार्थी भातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनको घोषणा गरेको छ ।

‘सरकारले अनावश्यक अध्यादेशहरू ल्याएको र व्यवस्थामाथि नै धावा बोल्ने कुत्सित षड्यन्त्रले प्रतिनिधिसभा विघटन गरेको भन्दै आक्रोशित भएको छ ।’,

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने, ‘स्थिर सरकार र पाँच वर्ष नेकपा कै सरकारका लागि जनताले दिएको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई देशीविदेशी प्रतिक्रियावादीहरुको क्रिडास्थल बनाउने षड्यन्त्रको हामी घोर भर्त्सना गर्दछौँ ।’

उनले विज्ञप्तीमाफर्त प्रधानमन्त्री केपी ओली गरेको हठात् प्रतिनिधिसभा विघटनलाई खारेज गरी तत्काल संसद् पुनर्स्थापना गर्न पनि माग गरेका छन् ।

सहसंयोजक तामाङले संसद विघटनपछि देशव्यापी रूपमा भइरहेको आन्दोलमा ऐक्यवद्धता समेत रहेका बताएका छन् ।

यस्तै, अनेरास्ववियूका पहिलो चरणका तीनवटा विरोधका कार्यक्रमको पनि घोषणा गरेको छ ।

देशैभरका प्रत्येक जिल्लामा बिहीबार बेलुका मशाल जुलुस गर्ने, शुक्रबार देशैभर प्रत्येक जिल्लामा दिउँसो बिरोध प्रदर्शन सहित कोणसभा गर्ने र उपत्यकामा दिउँसो ११ बजे माइतीघरबाट प्रदर्शन शुरु गर्ने निर्णय पनि गरेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

पुलिसको लगातार दोस्रो जित