नेप्सेमा ६ अकंको वृद्धि

काठमाडौं मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । 

आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ । 

आज कुल १२६ कम्पनीको मूल्य बढेको छ । यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो । सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो । यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो । 

१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो ।