जनगुनासो सुन्नका लागि पैदल यात्रामा निस्किए लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री
काठमाडौँ नागरिकका गुनासा सुन्नको लागि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले पैदल यात्रा सुरु गरेका छन् । प्युठानको बाग्दुलादेखि मच्छीसम्म मन्त्री थापाले जनगुनासो सुन्नका लागि पैदल यात्रामा निस्केको बताए ।
पदयात्राको क्रममा उनले प्युठान नगरपालिका र झिमरुकबासी तथा अन्य विभिन्न ठाउँमा गुनासो सुन्ने छन् । पैदल यात्राको क्रममा स्थानीय नागरिकको गुनासो सुन्ने र जनताको गुनासोलाई कार्यान्वयनमा लैजाने उनले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्