गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन
काठमाडौं गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा आज पहिलो दिन पुस २१ गते आइतबार साँझसम्ममा ४ लाख ४८ हजार ५६९ जना आवेदकहरूले ६३ करोड ३० लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा ३.४३ गुणा बढी हो ।
इन्स्योरेन्सले आज पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जस मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।
त्यसै गरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्