नेप्सेमा ४.६३ अंकको वृद्धि, कारोबार रकम कति ?
काठमाडौं साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ ।यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा सुधार आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत, सिन्धु विकास बैंकको ९.७९ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्