यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौंं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबार को लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जस अनुसार आज केही तरकारीको भाउ घटेको छ भने केहीको बढेको छ । 

यसअघि प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा रहेको लोकल सानो गोलभेडाको भाउ घटेर २५ रुपैयाँ, तराई सानो गोलभेडा ३५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११५ रुपैयाँ, तराई गाजर १०५ रुपैयाँ र बन्दा २५ रुपैयाँ तोकिएको छ । 

यसैगरी, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ४५ रुपैयाँ, लोकल मूला २७ रुपैयाँ ६७ पैसा, हाइब्रीड मूला ३७ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ४२ रुपैयाँ ६७ पैसा, मटरकोशा ११५ रुपैयाँ, राजमा र घिउ सिमी ७५ रुपैयाँ र तितो करेला ९५ रुपैयाँ पर्नेछ । 

हरियो फर्सीको भाउ प्रतिकेजी २५ रुपैयाँ, सखरखण्ड र पिंडालू प्रतिकेजी ८५ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, हरियो प्याज ५५ रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, सेलरी र पुदीना ३५० रुपैयाँ, गुन्द्रुक २७३ रुपैयाँ ३३ पैसा, लप्सी ४५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ४५० रुपैयाँ, माछे खुर्सानी ९५ रुपैयाँ र हरियो धनिया ५५ रुपैयाँ पर्नेछ । 

यसैगरी, भारतीय गोलभेडा, भिण्डी, बकूला, स्कूसलगायतको तरकारी र फलफूलको भाउ बढेको छ । आज भारतीय सानो गोलभेडाको भाउ बढेर प्रतिकेजी ३२ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ४२ रुपैयाँ ६७ पैसा, रातो मूला ३८ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रुपैयाँ, कन्य च्याउ र बरेला ९५ रुपैयाँ, इमली १५८ रुपैयाँ ३३ पैसा, नेपाली सुन्तला ११३ रुपैयाँ ७५ पैसा र निबुवा ४५ पैसा पर्नेछ ।