शेयर बजार सामान्य वृद्धि
काठमाडौं साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव १० अंकले बढेर २,५८१ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ६९ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । बुधबार विकास बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.।६३ प्रतिशत बढ्दा जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्