यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं  कालीमाटी तरकारी बजारले आज (सोमबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ६०, प्याज ७०, स्थानीय गाजर १४०, बन्दा (तराई) ३०, स्थानीय काउली ३५, लाम्चो भन्टा ५०, डल्लो भन्टा ६०, मकै बोडी ७०, मटरकोशा १५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी ९लोकल०को ८०, टाटे सिमी ७०, तिते करेला १००, लौका ७०, भिण्डी ८०, तोरीको साग ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।