नेप्सेमा सात कमपनीको सेयर मूल्य समायोजन
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार सात कम्पनीको मूल्य समायोजन गरेको छ ।
चिलिमे हाइड्रोपावर कम्पनी
चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५१८.१८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइबारको अन्तिम कारोबार ५७० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३५.३९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ६९५.८० रुपैंया आधारमा मूल्य समायोजन गरेको छ ।
छिमेक लघुवित्त
छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८६१.२० रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ९३०.१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३२४.१७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ३३३.९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
आत्मनिर्भर लघुवित्त
आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५ हजार ७१५.५४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ६ हजार ५३० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३७८।०७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार १ हजार ५७१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७७.६७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ३८९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
यी सात वटै कम्पनीको सोही मूल्यको आधारमा सेयरबजारमा कारोबार खुल्नेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्