नागार्जुन नगरपालिकाका मेयर  बस्नेत विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर गरेको हो । अख्तियारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर गरेको छ।