यस्तो छ आज कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य

काठमाडौं कालीमाटी तरकारी बजारले आज (शनिबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ५७, प्याज ६८, स्थानीय गाजर १५०, बन्दा (तराई) ३०, स्थानीय काउली ५०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, मकै बोडी ७०, मटरकोशा १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी (लोकल)को ८०, टाटे सिमी ६०, तिते करेला ११०, लौका ७०, भिण्डी ११०, तोरीको साग ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।