यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं कालीमाटी तरकारी बजारले आज (शुक्रबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।
समितिका अनुसार ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ६०, प्याज ६३, स्थानीय गाजर १२०, बन्दा (तराई) ३०, स्थानीय काउली ४०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ६०, मकै बोडी ७०, मटरकोशा ११० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
यस्तै अधिकतम मूल्य घिउ सिमी (लोकल)को ९०, टाटे सिमी ८०, तिते करेला ११०, लौका ८०, भिण्डी १२०, तोरीको साग ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्