जाजरकोटमा आज पनि गयो भूकम्प
काठमाडौं जाजरकोट, बाजुरा, र दार्चुलामा पछिल्ला दिनहरूमा भूकम्पका धक्का महसुस गरिएका छन्। बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस भूकम्पको धक्का जाजरकोटका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पले सामान्य धक्का महसुस भएको भए पनि क्षेत्रका बासिन्दाहरू त्रसित हुनका साथै उनिहरुमा सचेतना बढाएको छ।
शनिबार बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पले पनि स्थानिय क्षेत्रमा केही क्षति पुर्याएको र यसको म्याग्निट्यूड ५।२ रहेको थियो। बाजुरामा गएको यस भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६.४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति पुर्याएको थियो। पछिल्ला भूकम्पका घटनाहरूले देशभर भूकम्पीय सुरक्षा र विपद् व्यवस्थापनको आवश्यकतालाई पुनः स्मरण गराएको छ।
प्रभावित क्षेत्रका जनतालाई सजग रहन र स्थानीय प्रशासनले आपतकालीन व्यवस्थापन योजनाहरूलाई प्राथमिकतामा राख्न आह्वान गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्