यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं कालीमाटी तरकारी बजारले आज (बिहिबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय)को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ६५, प्याज ६५, स्थानीय गाजर १२०, बन्दा (तराई) ४०, स्थानीय काउली ६०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ६०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी (लोकल) को ९०, टाटे सिमी ५०, तिते करेला ११०, लौका ८०, परवर (तराईको)  १००, भिण्डी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।