श्रीलकांमा अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर ५० जङ्गली हात्तीको मृत्यु
काठमाडौं श्रीलकांमा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ ।
सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ ।
जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याकंले देखाउँछ । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस्