महुली लघुवित्तको एफपीओमा २ अर्ब ४८ करोडको आवेदन

काठमाडौं महुली लघुवित्तको एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार यसमा आज अन्तिम दिन पुस ९ गते साँझसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ५२.३४ गुणा बढी आवेदन हो ।

लघुवित्तले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासन गरेको हो। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।