यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं कालीमाटी तरकारी बजारले आज (मंगलबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय) को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ६५, प्याज ७०, स्थानीय गाजर १००, बन्दा (तराई) ४५, स्थानीय काउली ६०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी ९लोकल०को १००, टाटे सिमी ७०, तिते करेला ११०, लौका ९०, परवर९तराईको०  १३०, भिण्डी १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।