अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण
काठमाडौं तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन् ।
यस हमलामा अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ ।
बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्। प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा( २ः द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
हालै एक थिएटरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा अल्लु अर्जुनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यो मुद्दामा उनी जेल पनि परेका थिए ।अल्लु अर्जुन हाल चार साताको लागि अन्तरिम जमानतमा छन् । उनीसँग सम्बन्धित विषयको सामाजिक सञ्जालदेखि तेलंगाना विधान सभासम्म चर्चा भइरहेको छ ।एजेन्सी
आफ्नो प्रतिक्रिया दिनुहोस्