प्रति तोला १ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्