यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं कालीमाटी तरकारी बजारले आज (आइतबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय) को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ७२, स्थानीय गाजर १००, बन्दा ९तराई० ६०, स्थानीय काउली ८०, लाम्चो भन्टा ८०, डल्लो भन्टा १००, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यस्तै अधिकतम मूल्य घिउ सिमी (लोकल)को १२०, टाटे सिमी ९०, तिते करेला १२०, लौका १००, परवर (तराईको)  १३०, भिण्डी १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।