धनगढीमा आगामी पुस ५ गते ‘बजाज माइले च्याम्पियन’ हुने

काठमाडौं कैलालीको धनगढीमा आगामी पुस ५ गते ‘बजाज माइले च्याम्पियन’ हुने भएको छ । 

बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइले क्षमता प्रदर्शन गर्न माइले च्याम्पियनको आयोजना गरिएको हो । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा आगामी शुक्रवार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ । 

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरू बीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्नेछ । माइले च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ । बजाजका मोटरसाइकलहरू मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइले दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहक वर्गमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय छ ।  

यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन् ।प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ ।

च्याम्पियनमा आम ग्राहक वर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ  । माइले च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।