नेप्सेमा ३१ अंकको गिरावट
काठमाडौं साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२१ प्रतिशतले घटेको छ । त्यसै गरी, मायाखोला हाइड्रोपावरको ६.६३ प्रतिशत, मानुषी लघुवित्तको ५.८० प्रतिशत, रिभर फल्स पावरको ५.७८ प्रतिशतले घटेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्