परराष्ट्रमन्त्री आरजु राणा जर्मनीबाट भारत प्रस्थान
काठमाडौँ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीबाट भारत प्रस्थान गरेकी छिन् । परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार युरोपको भ्रमण सकाएर उनी बुधवार त्यहीबाट भारत प्रस्थान गरेकी हुन् ।
पुस ५ गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर ९एग्रो० को आयोजनामा हुन लागेको सो सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी भारत प्रस्थान गरेकी हुन् ।
सचिवालय स्रोतका अनुसार मन्त्री आरजु नियमित स्वास्थ्य चेक जाँच गरे। भारत हुँदै नेपाल फर्किने छिन् । उनी पुस ६ गते नेपाल आइपुग्ने बताइएको छ ।
राणाले भारतमा उच्चस्तरीय भेटघाट पनि गर्ने बताइएको छ तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ । भारतीय विदेशमन्त्री एस।जयशंकरसँग भेटघाटको समय मिलाउने काम भइरहेको समेत श्रोतले बताएको छ । त्यसका लागि परराष्ट्रमन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्