फूल फुलेको तोरी बालीमा रासायनिक विषादी प्रयोग नगर्न नार्कको आग्रह
काठमाडौँ तोरीबालीमा फूल फुलेको बेला रासायनिक विषादी प्रयोग नगर्न आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जारी कृषि–मौसम सल्लाह बुलेटिन मार्फत फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक विषादी प्रयोग नगर्न आग्रह गरिएको हो ।
तोरीबालीमा लाही कीराको नियमित अनुगमन पहेँलो स्टिकी ट्र्यापबाट गर्नका साथै रोग व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर लाही लागेको ठाउँमा भिज्नेगरी भोलीपल्ट छर्कन आग्रह गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्