यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य सूची प्रकाशित गरेको छ । मूल्य सूची अनुसार सानो लोकल गोलभेँडाको भाउ बढेर प्रतिकेजी ९० रुपैयाँ, भारतीय सानो गोलभेँडा ८५ रुपैयाँ, तराई सानो गोलभेँडा १०५ रुपैयाँ तोकिएको छ । 

यसै गरी, रातो आलुको भाउ सामान्य बढेर प्रतिकेजी ७० रुपैयाँ, भारतीय रातो आलु ६२ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९ज्यापु० १०५ रुपैयाँ, तने बोडी १४५ रुपैयाँ, मटरकोशा १७५ रुपैयाँ पर्नेछ । त्यस्तै, राजमा सिमी प्रतिकेजी १४० रुपैयाँ, सखरखण्ड र रातो बन्दा ८५ रुपैयाँ, चाइनिज नासपाती २४० रुपैयाँ र हरियो खुर्सानी १०५ रुपैयाँ निर्धारण गरिएको छ ।