भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक नेपाल आउँदै
काठमाडौं आज भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक नेपाल आउँदैछन् । उनी बिहान ९ः५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।
भारत भ्रमणको सिलसिलामा ट्रान्जिट नेपाल बनाएका भुटानी राजा जिग्मेले आजै स्वयम्भू र बौद्धनाथको दर्शन गरेर आजै भारत जाने कार्यक्रम छ । उनको यो कुनै औपचारिक भ्रमण नभएको हुनाले मात्र एक–दुई घण्टा नेपालमा रहने बताइन्छ । भुटानी राजा जिग्मे नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
भुटानी राजाको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ । चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्