विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन महानगरको सुचना
काठमाडौँ काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।
महानगरपालिकाले आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत प्रसारण लाइन मुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै तोकिएको समयभित्र संरचना हटाउन आइतबार सूचना निकालेको हो ।
तोकिएको समयभित्र संरचना नहटाएर कानुन बमोजिम कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्