अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
काठमाडौं अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । अब बच्चाहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा खाताहरू बनाउन सक्ने छैनन्। बालबालिकाको सामाजिक सञ्जाल एकाउन्ट फेला परेमा कम्पनीहरूलाई २७८ करोड रुपैयाँसम्म जरिवाना लाग्न सक्छ। अष्ट्रेलिया यस्तो कानुन बनाउने पहिलो देश हो।
मेटाको विरोध फेसबुकको मूल कम्पनी मेटाले हतारमा यो निर्णय गरेको जनाएको छ । यो विधेयक संसदको तल्लो सदनले मंसिर २७ गते र माथिल्लो सदनले मंसिर २८ गते पारित गरेको थियो । यो छिट्टै कानुन बन्ने तयारीमा रहेको छ। उमेर हद कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गर्न प्लेटफर्मलाई एक वर्षको समय दिइएको छ ।
एजेन्सी
आफ्नो प्रतिक्रिया दिनुहोस्