एमसीसीकाे ठेक्का नलागेपछि पुन आह्वान गर्यो, प्रसारणलाइनको ठेक्का
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुने ४०० केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान भएको छ ।
मिलेनियन च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) ले सूचना जारी गरेर ठेक्का निकालेको हो । डिजाईन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि ठेक्का निकालेको हो । २९७ किमी प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।
लप्सीफेदी-रातमाटे-न्यु हेटौडा, रातमाटे-न्यु दमौली र न्यु दमौली न्यु-बुटवल गरी तीन लट यो प्रसारणलाइन निर्माणका लागि निकालिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्