आज स्थानीय काउलीको भाउ घट्यो अन्य तरकारीको कति ?
काठमाडौं कालीमाटी बजारमा सोमबार स्थानीय काउलीको भाउ केही घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज प्रकाशित गरेको मुल्यसुचि अनुसार आज सखरखण्डको भाउ प्रतिकेजी ५५ रुपैयाँले बढेर १४० रुपैयाँ पुगेको छ भने पिंडालूको भाउ ३५ रुपैयाँले बढेको छ । हरिबोधनी एकादशी ९ठूलो एकादशी० भोलि मङ्गलबार भएका कारण बजारमा माग बढेसँगै सखरखण्ड र पिंडालूको भाउ बढेको हो । आज पिंडालू प्रतिकेजी ११० रुपैयाँ पुगेको छ ।
यता, तरकारीहरूमा भिण्डीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ, बरेला ४५ रुपैयाँ पुगेको छ । आज टनेल गोलभेडाको भाउ प्रतिकेजी १२२ रुपैयाँ कायम भएको छ भने रातो आलु ७७ रुपैयाँ ६७ पैसा, सेतो आलु ६१ रुपैयाँ ६७ पैसा, लोकल गाजर १५५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराई बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ तोकिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्