ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सञ्चार माध्यमले लगातार फोन गरेका कारण मोबाइल बन्द गरेको जनाएका छन्। ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चार माध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ उनले भनेका छन्। सर्वोच्चको फैसला आएपछि उनी सम्पर्कमा आएका थिएनन्।
कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो। यसअघि उच्च अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो। त्यसका विरुद्ध उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि कात्तिक २० मा उच्च अदालतकै फैसला सदर गरेको थियो।
सर्वोच्चको फैसलाको जानकारी पाएको र लिखित आउन बाँकी रहेको उल्लेख गरेका छन्। ‘मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाए, तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो,’ उनले विज्ञप्तिमा भनेका छन्।
अब फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुने उनले जनाएका छन्। मनाङेले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु।
आफ्नो प्रतिक्रिया दिनुहोस्