त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदै

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदै

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने बताएको छ । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे पनि बनाउन लागिएको छ । 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

ठगीमा संलग्न एक जना आरोपी पक्राउ