सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी सुन्दर तिवारी खटिए

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ । 

पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपीलाई पठाइएको छ ।’असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रवि लामिछानेलाई अदालत परिसरमा बोल्न दिएपछि उनको व्यवसायिकताबारे प्रश्न उठेको छ ।

सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ । 

आज कुन तरकारीको मुल्य कति ?

सुन तोलाको १ लाख ६५ हजार ६ सय