अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूले प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाउने

काठमाडौँ अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूले प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाउने भएका छन्। पर्यटन विभागले परिपत्रमार्फत चारतारे, पाँचतारे र पाँचतारे डिलक्स तथा डिलक्स र लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो।

ती होटल र रिसोर्टहरूले अब काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुराँमा पिउने पानीको व्यवस्था मिलाउनुपर्ने विभागले यही कात्तिक ५ गते पत्रमार्फत जानकारी गराएको छ।

विभागबाट स्तरवर्गीकरण भई इजाजतप्राप्त गरी सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेयपदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकोले तत्काललाई कम्तीमा चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरिएको विभागले जनाएको हो।

आज कुन तरकारीको मुल्य कति ?

सुन तोलाको १ लाख ६५ हजार ६ सय