विष्णु रिजालको प्रचण्डलाई सुझाव- खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु

सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने कार्यक्रम तय गरेका छन् । आगामी संसदको अधिवेशनमा बिजनेसको अभाव हुन नदिनका लागि सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका सचेतकहरूलाई छलफलमा आमन्त्रित गरेका हुन् ।

यो छलफल  बिहान साढे ११ बजे हुने अपेक्षा गरिएको छ ।

सभामुख घिमिरेले छलफलमा निमन्त्रणा गरेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति समावेश छन् ।