माल्दिभ्सविरुद्ध नेपालले निकाल्यो फराकिलो जित

काठमाडौं नेपालले माल्दिभ्स विरुद्ध ११ गोलको छ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा गोलको वर्षा गर्दै जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप, २०२४ खेलमा नेपालले ११–० को फराकिलो गोलअन्तरले जित निकालेको हो ।

नेपालकी रेखा पौडेलले पाँच गोल गरिन् । त्यस्तै, प्रीति राईले पनि तीन गोल गरिन् । सविता राना मगरले एक, अनिता केसीले एक र अमिसा कार्कीले एक गोल गरिन । च्याम्पियनसिपको दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लेको छ । 

नेपाल फर्किदै साम्बा