गैर–बैंक वित्तीय संस्था निरीक्षण तथा सुपरिवेक्षण विनियमावली निमार्ण

काठमाडौं  नेपाल राष्ट्र बैंकले  गैर–बैंक वित्तीय संस्था निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०८१ बनाएको छ । विनियमावलीबमोजिम इजाजतपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षणसम्बन्धी कार्य निर्धारित समयभित्र सम्पादन गरी तोकिएको समयमा विभागीय प्रमुख वा कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।


 गैर–बैंक वित्तीय संस्था संचालक स्वयम् वा निजको एकाघर परिवारको सदस्यको इजाजतपत्रप्राप्त संस्थामा आफ्नो संस्थापक शेयर वा एक प्रतिशत वा सोभन्दा बढी शेयर लगानी गरेको भए वा सो संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च पदाधिकारी आफ्नो एकाघर परिवार वा व्यवसायको साझेदार रहेको भए सोको जानकारी निरीक्षण शुरु हुनु अगावै विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई लिखितरुपमा अनुसूची २ मा तोकिएबमोजिम दिनु पर्ने व्यबस्था गरेको छ ।


गैर–बैंक वित्तीय संस्था भन्नाले विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर, होटेल, टुर्स एण्ड ट्राभल्स, ट्रेकिङ्ग,कार्गो तथा कुरियर, एयरलाइन्सलगायतका अन्य फर्म, कम्पनी वा संस्था एवम् हाइड्रोपावर इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लि, हायर पर्चेज कम्पनी, सहकारी बैंक लगायतका गैर–बैंक वित्तीय संस्था वा कम्पनीलाई बुझाउने भनिएको छ ।