पक्राउ परेका सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै

काठमाडौं सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ।

शुक्रबार काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्‍याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालत लैजानेछ।

उनीविरूद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनसुन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराउन लागेको हो।जिल्ला प्रहरी कार्यालयमा लामिछाने र सहकारी ठगी मुद्दामै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ । शनिबार बिहान पौने ३ बजे लामिछाने हिरासत कक्ष छिरेका थिए। उनलाई  अरू थुनुवा सरह खाने बसेका छन् ।