ज्यान मार्ने धम्की सलमान खानलाई फेरी

 बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो- 'यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।'

मुम्बई पुलिस म्यासेज पठाउने व्यक्तिको खोजीमा लागेको बताएको छ । सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको छ । सलमानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । लरेन्स समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिदै,‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेको छ । यसअघि पनि पटकपटक धम्की आएका छन्, जरिवानासमेत तिरेका छन् । धेरै मामिलामा अल्झिएको छु ।'

जापानमा अक्टोबरमा चुनाव हुने