यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौँ देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको पनि केही प्रभाव रहने सम्भावना रहेको जल तथा मौसम पुर्व अनुमान माहाशाखाले जनाएको छ।

देशको पहाडी तथा हिमाली भू(भागमा साताको शुरु र मध्यमा आंशिक देखि साधारणतया बदली तथा अन्त्यमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा साताको अन्त्यमा एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। ड्ड देशभर अधिकतम तापक्रम साताको अन्त्यमा हल्का बढ्ने सम्भावना रहेको छ ।