प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।