सुनको मूल्यमा वृद्धि

काठमाडौं नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।